site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालुवाटार बैठकपछि एमाले सचेतक भन्छन्–  आजको संसद् चल्छ
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले आजको संसद् सञ्चालन हुने बताएका छन् ।

बालुवाटारमा बसेको सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठकपछि उनले कुनै सहमति नभए पनि आजको संसद् अघि बढ्ने बताए । उनले आजको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोल्न पनि बताए ।

Dabur Nepal
NIC Asia

"संसद्मा मान्यज्यूहरुले आफ्नो धारणा राख्नुपर्नेछ । बाढी पहिरोको समस्या छ । लम्पी स्किनका विषय छन् । तमाम विषयले सदन चलाउनुपर्ने छ । सरकार आफ्नो अडानमा रह्यो,” उनले भने, “उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको स्थिति हुँदाहुँदै पनि आज गृहमन्त्रीज्यूले केही कुरा बताउँछु भन्ने सदनमा राख्ने हुँदा आज बैठक अघि बढाउने । गृहमन्त्रीको जवाफ सुन्छौँ । आज बैठक अघि बढ्छ ।”

उनले सरकार एमालेलाई थकाउने र भ्रम छर्ने रणनीतिमा देखिएको बताए । “उहाँहरुको समग्रतामा हेर्दा प्रमुख प्रतिपक्षीलाई गलाउने, थकाउने र केही निचोड नदिई जनताको बीचमा भ्रम छर्दिने,” उनी भन्छन् ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro