site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी वैज्ञानिक 'न्युक्लियर फ्युजन'बाट दोस्रोपटक ऊर्जा उत्पादन गर्न सफल

काठमाडौं । अमेरिकाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालाले वैज्ञानिकहरुले स्वच्छ ऊर्जा खोज्ने प्रयासमा डिसेम्बरपछि दोस्रोपटक फ्युजन प्रतिक्रिया (रिएक्सन)बाट शुद्ध ऊर्जा उत्पादन गरेको बताएको छ ।

क्यालिफोर्निया आधारित प्रयोगशालाका वैज्ञानिकले जुलाई ३० मा नेसनल इग्निसन सुविधा (एनआईएफ) एक प्रयोग गरेका थिए । सो प्रयोगमा न्युक्लियर फ्युजन रिएक्सनबाट गत डिसेम्बरमा भन्दा बढी ऊर्जा उत्पादन भएको लरेन्स लिभरमोरका प्रवक्ताले आइतबार बताएका हुन् ।

प्रयोगको अन्तिम नतिजा अझै विश्लेषण भइरहेको उनको भनाइ छ ।

न्युक्लियर फ्युजन रिएक्सनमा दुई परमाणुको फ्युजनबाट एउटा ग्रहुँगो न्युक्लियस बन्छ र यस क्रममा ठूलो मात्रामा उर्जा निस्कन्छ । वैज्ञानिकहरूले एक शताब्दीभन्दा पहिले सूर्यमा न्युक्लियर फ्युजन नै हुने गरेको पत्ता लगाएका थिए ।

पृथ्वीमा जलवायु परिवर्तनलाई रोक्न र असीमित स्वच्छ उर्जाका रुपमा न्युक्लियर फ्युजनलाई प्रयोग गर्न सकिने उद्देश्यले वैज्ञानिकहरु दशकौँदेखि यसको विकासमा लागेका छन् । अमेरिकी ऊर्जा विभागले यसलाई राष्ट्रिय रक्षा र स्वच्छ उर्जाको भविष्यका लागि मार्ग प्रशस्त गर्ने दशकयताकै एक प्रमुख वैज्ञानिक सफलता भनेको छ ।

दुईवटा परमाणुहरूलाई फ्युज गराउन २.०५ मेगाजुल उर्जा प्रदान गरिएको र ३.१५ मेगाजुल ऊर्जा उत्पादन भएको विभागको भनाइ छ । न्युक्लियर फ्युजन प्रतिक्रियाहरूलाई निकै उच्च तापक्रम र प्रेसर चाहिन्छ जुन पृथ्वीमा प्राप्त गर्न र टिकाउ राखिराख्न जटिल छ । सूर्यमा भने यसको विशाल गुरुत्वाकर्षणको कारणले यस्तो अवस्था सम्भव छ ।

कृतिम तरिकाको न्युक्लियर फ्युजन अझैं पनि वास्तविकता बन्न सक्ने/नसक्ने निश्चित छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro