site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटनमन्त्री किराती भन्छन्– शिर निचो पारेर मन्त्री पदमा बस्न सक्दिनँ
फाइल तस्बिर।

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुर्खाको शिर निचो पारेर मन्त्री पदमा नबस्ने वाचा गरेका छन् । ‘बैंकको लकरमा गोली राख्ने’ ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएका मन्त्री किरातीले पुर्खाको शिर निचो नपार्ने वाचा गरेका हुन् ।

किरात राई यायोक्खा स्थापना दिवसमा पर्यटनमन्त्री किरातीले आफ्नो मन्त्री पद जनसुकै बेला जान सक्ने पनि बताए ।

Dabur Nepal
NIC Asia

“मन्त्री त भोरे पनि जान सक्छ, जावोस् । म मन्त्री बन्नको लागि पनि जन्मेको हैन । मलाई बाआमाले मन्त्री बन्नको लागि जन्माएको पनि होइनन् । मलाई त मन्त्री पदमा टाँसिइ राख्नुपर्ने पनि छैन । राईको छोरा ६ महिना मन्त्री भइहालेँ । मेरो बाबाजे वडाध्यक्ष पनि भएका थिएनन् । त्यसकारण मलाई चिन्ता छैन,” मन्त्री किरातीले भने, “तर, एक मिनेट रहुँ, एक घण्टा रहुँ, हाम्रो पुर्खाको शिरलाई निचो पारेर बस्न सक्दिनँ । यही वाचा गर्छु ।”

दोहोरो नागरिकता तथा राहादानी, वैदेशिक रोजगारीमा ठगी र तिब्बती शरणार्थी परिचयपत्र तथा बैंकको लकरमा गोली राखेकोलगायत आरोपसहित विवादमा तानिएका लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुत्त गरेको थियो । मन्त्री किरातीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले लामालाई उपाध्यक्ष नियुक्त गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro