site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गणेशमानसिंह स्मृति राष्ट्रिय खुला किकबक्सिङ भदौ तेस्रो सातादेखि
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँचौँ वीर गणेशमानसिंह स्मृति राष्ट्रिय खुला किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो सातादेखि सुरु हुने भएको छ ।

आइतबार आयोजक ललितपुर किकबक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलनमार्फत भदौ २१ गतेदेखि सुरु हुने प्रतियोगिताको बारेमा जानकारी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता गोदावरीस्थित प्याङगाउँमा सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुष र महिला गरी कुल १२ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र खुला गरी ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुला गरी ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

Global Ime bank

प्रतियोगिताको प्रत्येक तौल समूहका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुने दुईजनाले समान आठ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, टिम च्याम्पियन हुने टिमले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले बताए । प्रतियोगितामा महिला र पुरुषतर्फका समान एक उत्कृष्ट खेलाडीले एक लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाई, किकबक्सिङ, फुल कन्ट्याक्ट कराते, आईटीएफ र सात प्रदेशका करिब ३०० खेलाडीको सहभागिता रहने आयोजकले जनाए ।

प्रतियोगिता सञ्चालनका लागि ५२ लाख ८१ हजार रुपैयाँ अनुमानित बजेट रहेको आयोजकले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय