site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
मिस नेवाः नेपाल : ट्यालेन्ट राउन्ड सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल आयोजना हुँदै छ । भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा १७ औं संस्करणको मिस नेवाः नेपाल ११४३ हुन लागेको हो ।  

उक्त प्रतियोगिता अन्तर्गतको ट्यालेन्ट राउन्ड शनिबार दिउँसो राजधानीमा सम्पन्न भएको छ । ट्यालेन्ट शोमा सहभागीहरूले नृत्य, गायन, अभिनय, वाक, वासुरी वादन, कविता वाचन, कराँतेलगायत आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्यालेन्ट शोमा कृष्टी प्रजापति, तुलसी कंसाकार, तिमिला महर्जन, रितीका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली, सिचु मानन्धर, एड्रिना श्रेष्ठ, युनिशा महर्जन, रोजिना महर्जन, सुविता देउला, अन्सु प्रजापति, रसिला श्रेष्ठ, मिनासा महर्जन, खुसी डंगोल, रिद्धिशा श्रेष्ठ र सकिना महर्जन सहभागी भएको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  

सहभागीहरूले ट्यालेन्ट शोमा प्रदर्शन गरेको प्रस्तुतिका आधारमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका दिन मिस ट्यालेन्ट घोषणा गरिने मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् । 

Global Ime bank

मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गरिँदै आएको उनले बताइन् । यो वर्षको मिस नेवाः नेपालमा १७ युवतीले अन्तिम स्पर्धा गर्दैछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement