site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साढे ४६ प्रतिशतले बढ्यो बैंकहरूको ब्याज आम्दानी
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याज आम्दानीमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकहरुको खुद ब्याज आम्दानी करिब ५० प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो समय बैंकहरूले ब्याजदर बढाएको भन्दै व्यवसायी असन्तुष्ट छन् । बैंकको ब्याजदर महँगो भएकै कारण अहिले व्यवसाय चलायमान हुन नसकेको भन्ने पनि व्यवसायीको आरोप छ । यसबीचमा बैंकहरुको ब्याज आम्दानी बढेको तथ्याँक सार्वजनिक भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकहरूको आम्दानीको मुख्य स्रोत नै ब्याज आम्दानी हो । निक्षेप संकलन गर्ने र त्यो निक्षेपलाई विभिन्न परियोजनामा कर्जा लगानी गरी बैंकहरूले आम्दानी गर्ने गरेका छन् । यसरी मुख्य आम्दानीको रूपमा रहेको खुद ब्याज आम्दानीबाट २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्षमा एक खर्ब ८७ अर्ब चार करोड ३१ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.५४ प्रतिशतले बढी हो ।

यसरी खुद ब्याज आम्दानीमा उलेख्य वृद्धि भएपछि बैंकहरूको खराब कर्जा बढेको भए पनि नाफामा ठूलो असर नदेखिएको हो । बैंकहरूले प्रकाशन गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो वर्ष वाणिज्य बैंकहरूले एक खर्ब २८ अर्ब ८५ करोड पाँच लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

Global Ime bank

गत वर्ष सबैभन्दा बढी खुद ब्याज आम्दानी नबिल बैंकले गरेको छ । यो बैंकले १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । तर, प्रतिशतको हिसाबमा बढी खुद ब्याज आम्दनी वृद्धि गर्नेमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यो बैंकले गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले वृद्धि गरेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये कृषि विकास बैंकको मात्र खुद ब्याज आम्दानी गत वर्ष घटेको छ । यो बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेको हो । अघिल्लो वर्ष आठ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो बैंकले गत वर्ष आठ अर्ब आठ करोड चार लाख रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ ।

Bank-int1691311041.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement