site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्र सम्बन्धले राष्ट्रिय स्वाभिमान र एकता बलियो बनाउँदै छ : मन्त्री साउद
फाइल तस्बिर।

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्ने गरी अगाडि बढाएको बताएका छन् ।

आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताए ।

Argakhachi Cement Island Ad

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उनले बताए । विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै उनले वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको  बताए ।

“विदेश नीति पार्टी–पार्टीको छुट्टै हुने कुरा होइन कि यसमा सबै पार्टीहरुका बीचमा सहमति हुन सकोस् । हामी एकै ठाउँमा पुग्न सकौँ भनेर कोसिस छ,” उनले भने, “यदि, अरु पार्टीहरुको पनि त्यो अपेक्षा छ भने सरकार त्यसमा दृढतापूर्वक, उदारतापूर्वक सबैका विचारलाई राष्ट्रिय सहमतिका लागि ग्रहण गर्न तयार रहेको कुरा स्पष्ट गर्न चाहन्छु ।”

सरकारले बायोमेट्रिकलगायतका कामहरु एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको पनि उनले बताए । सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको भन्दै यसको अन्त्य गर्नका लागि आफू लागिपरेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्