site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मिथिला लोककथा सँगालो, स्मृति बिम्ब र हाम्रो पत्रकारिताको हाते पुस्तक
Sarbottam CementSarbottam Cement

मिथिला लोककथा सँगालो
(लोककथा : डा. रामदयाल राकेश)
साहित्यिकवृत्तमा चर्चित डा. रामदयाल राकेशले मैथिल क्षेत्रका लोककथाहरूको संकलन सार्वजनिक गरेका छन्, ‘मिथिला लोककथा सँगालो’ । यसअघि पनि उनका साहित्य, संस्कृतिका अनेक कृति प्रकाशित छन् ।

लोककथाले नैतिक शिक्षा पनि दिने भएकाले यस्ता कृतिहरूको आफ्नै महत्त्व छ । पछिल्लो समय विभिन्न क्षेत्रका लोककथाको प्रकाशनले गति लिएको देखिन्छ । यस्ता लोककथाले लोकसाहित्य र संस्कृतिलाई एकापसमा जोड्दै ल्याएको छ ।

‘मिथिला लोककथा सँगालो’मा मैथिल परिवेशका कुल २३ चर्चित लोककथा पढ्न पाइन्छ । जसमा खट्टर काका, गोनु झाजस्ता लोकपात्रका कथा पनि भेटिन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ४८+४ पृष्ठको यस सँगालोको मूल्य ९५– रुपैयाँ राखिएको छ ।

०००

Global Ime bank

स्मृति बिम्ब
(व्यक्तिवृत्त : शरद प्रधान)
पत्रकारितासँगै विभिन्न क्षेत्रमा संलग्न सर्जक शरद प्रधानले ‘स्मृति बिम्ब’ बजारमा ल्याएका छन् । उनको पुस्तक ‘स्मृति बिम्ब’मा भारतीय नेपाली साहित्यकारका व्यक्तिचित्र प्रस्तुत गरिएको छ ।

‘भन्नै पर्ने कुरा’मा कृतिकार शरद लेख्छन्, “...नेपाली साहित्यबाट भारतीय नेपाली साहित्य किनाराकृत हुँदा सिंगो नेपाली साहित्य नै अपांग भएको अनुभूति हुनु स्वाभाविक हो । कतिपय भारतीय साहित्यकारहरू भारतबाट प्रकाशित हुने संग्रहहरूमा अँटाउन सकिरहेका छैनन् । उनीहरू विस्मृत भइरहेको विषय निकै चिन्ताजनक छ । यही कुरालाई मध्यनजर राख्दै मैले भारतीय नेपाली साहित्यलाई योगदान दिएका ‘स्मृति बिम्ब’ स्रष्टाहरूलाई विनापूर्वाग्रह समावेश गरेको छु ।...।”

भारतीय नेपाली साहित्यमा सक्रिय २४ स्रष्टाको इतिवृत्त यो पुस्तकमा प्रस्तुत छ । इन्द्रबहादुर राई, अगमसिंह गिरी, अच्छा राई रसिक, प्रकाश कोविद, इन्द्र सुन्दास, गुमानसिंह चाम्लिङ, जगत क्षेत्री, जीवन थिङ, नरदेन रुम्बालगायत अक्षरकर्मीको व्यक्तिचित्र उतारिएको छ ।

‘प्रकाश कोविद : जसले किताब छरेर आँसु बटुले’मा शरदले लेखेका छन्, “चौध वर्षको उमेरमा सन् १९४६ मा ‘उदय’ पत्रिकामा ‘चित्रकार’ कथा छपाएपछि उनी लेखक भए भन्न सकिन्छ । उनको लेखनयात्रालाई दुई चरणमा विभक्त गर्न सकिन्छ । आफ्नो ६१ वर्षको जीवनकालमा प्रकाश कोविदले करिब पचासवटा उपन्यास, छवटा कथासंग्रह, एउटा नाटकसंग्रह, एउटा एकांकी नाटकसंग्रह, बालसाहित्यका कैयौँ पुस्तक लेखे ।...।” (पृष्ठ — ३७)

साहित्यपोस्टद्वारा प्रकाशित ३००+४ पृष्ठको यस पुस्तकको मूल्य ४८०– रुपैयाँ राखिएको छ ।

०००

हाम्रो पत्रकारिताको हाते पुस्तक
(सिद्धान्त : बद्रीप्रसाद ढकाल)
दर्शनाचार्य गरिसकेर विद्यावारिधि गर्दै गरेका प्राध्यापन पेसामा संलग्न बद्रीप्रसाद ढकालका डेढ दर्जनको हाराहारीमा पुस्तकहरू प्रकाशित छन् । समालोचना र सिर्जनामा सक्रिय ढकालको पछिल्लो कृति हो, ‘हाम्रो  पत्रकारिताको हाते पुस्तक’ । केहीअघि मात्र यो सार्वजनिक गरिएको हो ।

लेखकीयमा ढकालले लेखेका छन्, “...विगत पाँच वर्षदेखि प्राज्ञिक विमर्शको सम्पादन गरिरहेको छु । साहित्य र पत्रकारिताका विभिन्न कार्य, अनुभव तथा अध्ययनलाई समेटेर पत्रकारिताका विषय र सिद्धान्तका रूपमा पत्रकारिताको हाते पुस्तक नामक कृति प्रकाशनको सँघारमा आइपुगेको छ ।...।”

साहित्यिक पत्रकार नवराज रिजालले कृतिभित्र लेखेका छन्, “...यस पुस्तकभित्र आमसञ्चार र पत्रकारिता, समाचारका मूलभूत सिद्धान्त, परिचय, परिभाषा, तत्त्व र प्रकारजस्ता विषयलाई अत्यन्तै सरल र सहज भावमा प्रस्तुत गरिएको छ ।...।”

पुस्तकभित्र आमसञ्चार, पत्रकारिता, समाचार, फिचर, सम्पादन, सम्पादकीय तथा पत्रकारिता र सामाजिक उत्तरदायित्व गरी सात खण्डमा पत्रकारिताका विभिन्न विषयलाई प्रस्तुत गरिएको छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १२०+४ पृष्ठको यस पुस्तकको मूल्य २२०– रुपैयाँ राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement