site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी नदी तथा खोलामा आज बाढीको जोखिम, सोमबारदेखि उच्च सतर्क हुन आग्रह
फाइल तस्बिर

काठमाडौं । विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । 

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी, सिराहा, धनुषा, सर्लाही, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ भएर बहने नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । 

गोरखा, लमजुङ, कास्की, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर अछाम, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर बहने केही नदीमा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोसी र कर्णालीमा बिहानैदेखि वर्षा, यी हुन् दिउँसो भारी वर्षा हुने प्रदेश

आज र भोलि देशका प्रमुख नदीको जलसतह केही बढ्ने तर सतर्कता तहभन्दा तलै रहनेछ । सोमबारबाट जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

सोमबारदेखि तिनाउ, पश्चिम राप्ती, बबई र यसका केही साना सहायक नदी र चुरे, तराईका केही नदीमा जलसतह सतर्कता तहमा पुग्न सक्ने बताइएको छ । यी क्षेत्रका नदी तथा खोलाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro