site stats
बाह्रखरी :: Baahrakhari
खेल
सय मिटर दौड पूरा गर्न २१ सेकेन्ड लगाएपछि...

काठमाडौं । सोमालियाका युवा तथा खेलकुदमन्त्रीले विश्व युनिभर्सिटी गेम्समा एक महिला धाविकाले सय मिटर दौड पूरा गर्न २१ सेकेन्डभन्दा बढी समय लगाएपछि एथलेटिक्स महासंघकी अध्यक्षलाई निलम्बन गरेका छन् । 

चीनमा भएको विद्यार्थीको खेलमा सोमालियाकी नस्रा अबुकर अली पनि सहभागी थिइन् । तर, उनले सय मिटर दौड सबैभन्दा अन्त्यमा पूरा गरिन् । अबुकर अलीले दौडको पहिलो स्थान आउनेभन्दा १० सेकेन्ड बढी समय लगाएर निर्धारित दूरी पूरा गरेकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त दौडको क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । दौडमा बाँकी प्रतिस्पर्धीले निर्धारित दूरी पूरा गरिसक्दासमेत उनी क्यामेराको फ्रेममा अटाउन सकेकी थिइनन् । दौडको पहिलो स्थान हासिल गर्नेले निर्धारित दूरी ११.५८ सेकेन्डमा पूरा गरेकी थिइन् ।

सोमालियाका खेलकुदमन्त्री मोहम्मद बार्रे मोहमुदले सोमालियाको राष्ट्रिय ओलम्पिक कमिटीसँगको छानबिनमा अबुकर अली खेलकुदसँग सम्बन्धित व्यक्ति र धावक दुवै नभएको बताए ।

“सोमाली एथलेटिक्स महासंघका अध्यक्ष खाडिजो अडेन दाहिर शक्तिको दुरुपयोग, नातावाद र अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रको नाम बदनाम गर्ने कार्यमा संलग्न छन्, “मन्त्रीले एक विज्ञप्तिमा भनेका छन्, “यी निष्कर्षहरूको आधारमा, सोमालिया राष्ट्रिय ओलम्पिक समितिका अध्यक्षले खाडिजो अडेनलाई निलम्बन गर्नुपर्छ ।”

“यसबाहेक, मन्त्रालयले सोमालियाको एथलेटिक्स महासंघका अध्यक्ष र सोमाली विश्वविद्यालय खेलकुद संघको झूटोपनका लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध कानुनी कारबाही गर्ने आफ्नो नियत दृढतापूर्वक घोषणा गर्छ ।”

मन्त्रालयले सोमाली विश्वविद्यालय खेलकुद संघ दर्ता नभएको पनि अनुसन्धानबाट खुलेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्