site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल भित्र्याइयो सुजुकीका प्रतीक्षित एसयूभी जिम्नी र फ्रोन्क्स, यस्तो छ मूल्य र फिचर

काठमाडौं । लामो समयदेखि प्रतीक्षित सुजुकीका दुई एसयूभी नेपालमा भित्र्याइएको छ । देशभरका सुजुकीका शो रुममा हेर्न र टेस्ट ड्राइभका लागि यही साउन २२ गतेदेखि गाडी उपलब्ध गराइने भएको छ ।

सोही दिन सुजुकी शो रुममा जिम्नी र फ्रोन्क्सको अनावरण गरिने कम्पनीले जनाएको छ ।

सुजुकीका चारपांग्रे सवारीसाधनका लागि नेपालको आधिकारिक वितरक सीजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले गएको असार २९ गतेदेखि नै यी गाडीको बुकिङ खुला गरेको थियो ।

सुजुकी जिम्नीको सुरुआती मूल्य ५९ लाख ९९ हजार र फ्रोन्क्सको सुरुआती मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

पाँच ढोका भएको सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतीक्षित कारमध्ये एक भएको कम्पनीको जिकिर छ । यो मोडेलको माग विश्वभर नै उच्च रहेको कम्पनीको भनाइ छ ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो । यो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।

यो एसयूभी फोरडब्ल्यूडी प्रणाली, अलग्रिप प्रोसहित आउने र ब्रेक लिमिटेड स्लिप डिफरेंसियल एवं थ्रिलिंक रिजिड एक्सल सस्पेन्सजस्ता अफ रोड सुविधा समावेश रहेको कम्पनीले जनाएको छ ।

जिम्नीमा २.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक, आरामदायी र सुरक्षित सुविधा पनि छन् ।

यस्तै, सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी भएको कम्पनीको भनाइ छ । ‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ । यसमा रहेको अत्याधुनिक प्रविधिले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकका लागि सम्पूर्ण माग पूरा गर्ने कम्पनीको विश्वास छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro