
काठमाडौं । केई नेपालले 'केई एक्सचेन्ज कार्निभल, २०८२' वैशाख २९ गते (भोलि) सम्म आयोजना हुने भएको छ । यो कार्यक्रम थापाथलीस्थित केई सोरुमको छेउमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भइरहेको छ ।
कार्यक्रमअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको पुरानो गाडी (ईभी वा आइसीई) साटेर केईको नयाँ विद्युतीय सवारी लिन सक्नेछन् । मूल्यांकनका क्रममा ग्राहकले दुई जनाका लागि निःशुल्क क्यूएफएक्स फिल्म टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रत्येक बुकिङमा पनि विशेष उपहार प्रदान गरिने कम्पनीको भनाइ छ । ई–क्युट मोडल बुकिङ गर्दा बोस जेट कार वासर निःशुल्क प्राप्त हुनेछ । एक्स३ प्रो ईभी बुकिङ गर्दा बोस वाशिङ मेसिन निःशुल्क दिइने कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त नगद छुट, एक्सचेन्ज बोनस, बिमा तथा सडक करसमेतको व्यवस्था कार्यक्रमअन्तर्गत गरिएको छ । केईको एक्स३ प्रो ईभी एसयूभीको मूल्य ४३ लाख ९६ हजारदेखि सुरु हुने र यसमा कूल ६ लाख ५ हजारसम्मको लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ ।