
काठमाडौं । ब्रिटिस काउन्सिलले ‘कनेक्सन थ्रू कल्चर (सीटीसी)’ अनुदान कार्यक्रम, २०२५ का लागि आवेदन खुला गरेको छ । नेपाली कलाकार तथा संस्थाहरूलाई बेलायती साझेदारहरूसँग सहकार्यको अवसर प्रदान गर्ने कार्यक्रमले अधिकतम १० हजार पाउन्ड स्टर्लिङ (झन्डै १८ लाख २० हजार रुपैयाँ) बराबरको अनुदान दिनेछ ।
ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले यस कार्यक्रमले नेपाल–बेलायतबीच सिर्जनात्मक सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । “साझा सृजनात्मकता र आपसी सम्मानमार्फत अन्तरदेशीय सार्थक साझेदारी विस्तार भएको देख्दै छौँ,” मोदीले भने ।
अनुदानको आवेदन वैशाख १५ (२८ अप्रिल) देखि खुलेको छ । अन्तिम म्याद असार ९ (२३ जुन, बेलायती समय अनुसार दिउँसो ३ बजे) सम्म तोकिएको छ । परियोजना अक्टोबर २०२५ देखि सुरु हुने जनाइएको छ ।