site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले भन्यो– सुन काण्डमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको बताइन् । 

Dabur Nepal
NIC Asia

उनले सरकार यस घटनाको जरासम्म पुग्न लागेकाले उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले नदेखेको बताइन् । प्रवक्ता शर्माले सरकारकै अग्रसरतामा सुन पक्राउ गरिएको भन्दै विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गरिन् ।

राज्यको एउटा निकायले छानबिन गरिरहेकै अवस्थामा अर्को समिति बनाउँदा छानबिन प्रभावित हुन सक्ने उनको भनाइ छ । त्यस्तै, प्रवक्ता शर्माले एमालेले संसद्‍मा गरिरहेको अवरोध हटाउने विषयमासमेत कुराकानी भइरहेको उल्लेख गर्दै छिट्टै अवरोध हट्ने विश्वास व्यक्त गरिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro