site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इलेक्ट्रिक गाडीका लागि प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा सुविधा दिने

काठमाडौँ । भीजी इम्पेक्स प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभीको लागि फाइनान्सिङ गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा भीजी इम्पेक्स–जीडब्लूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंकका चिफ विजनेस अफिसर रेनुप्रसाद पाण्डेले जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभीलाई ग्राहकहरूका लागि फाइनान्सिङ सुविधा पहुँचयोग्य बनाउने कदमका रूपमा हस्ताक्षर गरेका हुन् ।

ईभी खरिद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको बताइएको छ ।

प्रभु बैंकले १२.०६ प्रतिशत ब्याजदरसहित अटो कर्जा प्रदान गर्ने बताइएको छ । बैंकले आफ्नो निर्णयको आधारमा ब्याजदर समायोजन गर्नसक्ने पनि बताइएको छ ।

अटो लोन फाइनान्सिङको लागि, बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा ८० प्रतिशतसम्म उपलब्ध गराउने जानकारी दिइएको छ ।

साथै यसको नियमित अधिकतम कर्जा अवधि पाँच वर्ष हुने भए पनि विशेष अवस्थामा यो सात वर्षसम्म बढाउन सकिने बताइएको छ ।

०.७५ प्रतिशत प्रशासन शुल्क बैंकद्वारा चार्ज हुने पनि बताइएको छ । ग्राहकले अटो कर्जाका लागि आवश्यक कागजातसहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro