site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सोनापुर मिनरल्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

आज बसेको बोर्ड बैठकले कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल एक करोड २३ लाख २०० कित्ता आईपीओ निष्कासन गर्न पाउने अनुमति भएको हो ।

Dabur Nepal
NIC Asia

जसमा कम्पनीले स्थानीय र कर्मचारीलाई प्रतिकित्ता २२५ रुपैयाँमा (अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप) आईपीओ निष्कासन गर्नेछ ।

अंकित मूल्य १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा थप गरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका र सर्वासाधारणलाई प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गर्नेछ ।

आईपीओको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro