राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सारिएको छ ।
बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने गरी तय भएको थियो । बैठक दुई घण्टा सारिएको हो ।
माओवादी केन्द्रको उपाध्यक्ष एंव प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे जानकारी दिए ।
उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा केन्द्रीय सदस्य सबैलाई बोल्न दिइनेछ ।
त्यस्तै, यसअघि पदाधिकारी बैठकले केन्द्रीय समिति लाइभ गर्ने निर्णय गरे पनि स्थायी कमिटीले नगर्ने निर्णय गरेको पनि बताए ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १०:२९
प्रतिक्रिया दिनुहोस्