खेल
काठमाडौं । पहिलो संस्करणको हिमालयन सेभेन ए–साइड फुटसल प्रतियोगिता भोलि (बुधबार) देखि सुरु हुने भएको छ ।
हिमालयन फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।
नकआउट चरणमा खेलाइने प्रतियोगिता ३२ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार र उपविजेताले ५५ हजार ५२५ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले पाँच हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सबै खेलहरू भाटभटेनीको हेल्थ क्लबमा हुनेछन् ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० २१:२३
प्रतिक्रिया दिनुहोस्