काठमाडौं । कोसी प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले उपसभामुख सृजना दनुवारले राजीनामा नदिने दाबी गरेका छन् ।
कोसीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले उपसभामुखलाई राजीनामा दिनुपर्ने कुनै बाध्यता नरहेको बताए ।
"सभामुख नहुँदा उपसभामुखले सदन चलाउनुहुन्छ । उपसभामुखलाई राजीनामा दिनुपर्ने कुनै बाध्यता छैन । त्यसैले हाम्रो गठबन्धनले अहिले उपसभामुको राजीनामाको परिकल्पना गरेको छैन," उनले भने ।
अहिलेकै सरकारले ३० दिनभित्र विश्वासको मत पाउने उनको दाबी छ ।
"अहिलेको सरकारले ३० दिनभित्र विश्वासको मत पाउँछ । पूर्ण कार्यकाल चलाउँछ । गठबन्धनसँग बहुमत छ," उनले भने ।
दनुवार एमालेबाट उपभामुख बनेकी हुन् ।