site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानन्यायाधीश सिफारिसको छलफलका लागि संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवैधानिक परिषद् बैठक सुरु भएको हो ।

आगामी २० गतेदेखि खाली हुने प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार नै बैठक आह्वान गरेका थिए ।

संविधानको धारा २८४ (३) अनुसार प्रधानन्यायाधीशले अवकाश पाउनु एक महिनाअगावै नयाँ प्रधानन्यायाधीश सिफारिस गरिसक्नुपर्ने थियो । तर, प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक नै नबोलाएपछि हरिकृष्ण कार्की उमेरहदका कारण अवकाश पाउनु तीनदिन अघि मात्र सिफारिसको औपचारिक छलफल सुरु गरिएको हो ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २९ गतेदेखि अवकाशमा जाँदै छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro