site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम
फाइल तस्बिर

काठमाडौं । विभिन्न प्रदेशमा भारी वर्षा हुने भएकाले आज केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । 

इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङका नदी तथा खोलामा आज आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

 तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, दाङ, बाँके, रुकुम पूर्व, कालिकोट, कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, दार्चुला, डडेलधुरा र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहने तर बढ्दो रहने पूर्वानुमान रहेको छ । त्यसैले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्