site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लघुकथाकार लता केसीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’को घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । लघुकथा समाज नेपाल, केन्द्रीय कार्यसमितिले २०८० सालको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ लघुकथाकार तथा अभियन्ता लता केसीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

समाजको शनिबार बसेको कार्यसमिति बैठकले निर्णायक समितिले सिफारिस गरेको तीन नाम मध्येबाट लघुकथाका क्षेत्रमा क्रियाशील अभियन्ता केसीलाई सम्मानित गर्ने निर्णय गरेको हो । यस सम्मानकासाथ २१ हजार नगदराशिसमेत प्रदान गरिने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा उनकी पत्नी ललिता श्रेष्ठद्वारा स्थापित उक्त सम्मान पहिलो पटक ‘सर्वनाम नाट्य संस्था’लाई र दोस्रोपटक ३०को दशककी लघुकथाकार अनिता तुलाधरलाई समर्पण गरिएको थियो ।

नारी स्रष्टामा सबैभन्दा बढी लघुकथाकृति प्रकाशित गर्ने केसीका तीन लघुकथा पुस्तक सार्वजनिक भइसकेका छन् । २०३९ सालदेखि नै साहित्य लेखनमा सक्रिय केसीका ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’ र ‘सफलता’ लघुकथासंग्रह प्रकाशित छन् । 

Global Ime bank

लघुकथाका क्षेत्रमा विभिन्न कार्य गरिरहेकी अवकास प्राप्त शिक्षिका केसीले फेसबुकमा ‘हाम्रो लघुकथा पाठशाला’का माध्यमबाट लघुकथा लेखनबारे जानकारी गराउँदै पछिल्लो समय ‘लघुकथा केन्द्र’बाट यस क्षेत्रमा क्रियाशील छिन् । 

घोषित सम्मान लघुकथा दिवसका दिन आउँदो भदौ ५ गते विशेष कार्यक्रमकाबीच प्रदान गरिने समेत समाजले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement