site stats
बाह्रखरी :: Baahrakhari
खेल
सहआयोजक न्युजिल्यान्ड बाहिरियो, स्विट्जरल्यान्ड र नर्वे अन्तिम–१६ मा

काठमाडौं । फिफा महिला विश्वकपको सहआयोजक न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको छ ।

आइतबार फोर्सिथ बार रंगशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको हो ।

न्युजिल्यान्डसँगको बराबरीले स्विट्जरल्यान्ड भने तालिकाको शीर्ष स्थानमा रहँदै  अन्तिम–१६ मा प्रवेश गरेको छ । शीर्ष स्थानको स्विट्जरल्यान्डले तीन खेलबाट पाँच अंक जोड्यो । तेस्रो स्थानमा सीमित न्युजिल्यान्डले भने तीन खेलबाट चार अंक जोड्यो । दोस्रो स्थानको नर्वेले पनि चार अंक नै जोडेको भए पनि न्युजिल्यान्ड गोलआधारमा पछि परेको हो ।

नर्वेले आइतबारै भएको समूह ‘ए’ को अन्तिम खेलमा एसियाली प्रतिद्वन्द्वी फिलिपिन्सविरुद्ध ६–० को सहज जित निकाल्यो । यही फराकिलो जितका कारण नर्वे समूह उपविजेताको  अन्तिम–१६ मा प्रवेश गर्‍यो ।

नर्वेको जितमा सोफी रोमन हाउजले हगले ह्याट्रिक गरिन् । हगले छैटौँ मिनेटमा, १७औँ मिनेटमा र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक गरेकी थिइन् । यस्तै, कारोलिन ग्राहम हन्सेन र गुरो रेइटेनले समान एक गोल गर्दै नर्वेले अर्को एक गोल भने फिलिपिन्सबाट आत्मघाति उपहार पाएको थियो । फिलिपिन्सकी एलिसिया बार्केरले ४८औँ मिनेटबाट आत्मघाती गोल गरेकी थिइन् ।

हारसँगै फिलिपिन्स समूह ‘ए’ को पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । फिलिपिन्सले तीन खेलबाट तीन अंक जोड्यो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्