site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आह्वान
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बैठक बोलाइएको हो ।

बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको उपसभामुख इन्दिरा राना मगरले बाह्रखरीलाई जानकारी दिइन् । “मंगलबार ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बोलाइएको हो,” उनले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठक बोलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका थिए ।

“प्रधानमन्त्रीले बैठक बोलाउने तयारी गर्नुभएको छ । उहाँ निरन्तर छलफलमा हुनुहुन्छ,” प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बाह्रखरीसँग भने ।

Global Ime bank

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकाशमा जाँदै छन् । त्यसको एक महिनाअगाडि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement