site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतका विदेशमन्त्रीले भने– नेपालसँग सम्बन्ध राम्रो रहेको व्यापारबाटै थाहा हुन्छ

नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस जय शंकरले नेपालसँग भारतको सम्बन्ध राम्रो रहेको बताएका छन् । नयाँ दिल्लीस्थित एक विद्यालयमा एक छात्राले राखेको प्रश्नको जवाफमा मंगलबार उनले उक्त कुरा बताएका हुन् । ती छात्राले नेपालसँग पहिला भारतको राम्रो सम्बन्ध रहेकोमा अहिले नेपाल चीनबाट प्रभावित भएको भन्ने बारेमा प्रश्न उठाएकी थिइन् ।

त्यसको जवाफमा उनले विद्यार्थीलाई प्रेसको मात्रै विश्वास नगर्न आग्रह गर्दै प्रेसले राम्रो कुरा नलेख्ने र नराम्रो कुरालाई मात्रै उठाउने गरेको बताए । उनले पछिल्लो पटक आफू जनवरीमा नेपाल गएको स्मरण गर्दै पहिलो पटक सन् २०१५ मा नेपालमा गएको समेत स्मरण गरेका थिए । उनले दश वर्षअघि २०१५ मा नेपाल गएको बेलामा भारतबाट नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति ट्रकबाट सीमासम्म गएर ट्रकमा हुने गरेको जनाउँदै त्यसपछि भारतले पेट्रोलियम पाइप लाइनबाट पठाउने व्यवस्था गरेको जानकारी दिए । 

उनले ट्रकबाट ट्रकमा पठाउँदा खर्चिलो र नेपालमा ‘सर्टेज’ पनि हुने गरेकोमा पाइपबाट पठाएपछि सहज भएको र भारतले नै पाइपलाइन जोडी रिफाइनरी गरेर पेट्रोलियम पदार्थ पठाउने गरेको जानकारी दिए । 
 
उनले नेपाल र भारतबीच विद्युत् आदाप्रदानका लागि ग्रिडको निर्माण भएको र दुवै देशले एकअर्का देशमा विद्युत् पठाएको उल्लेख गर्दै दिनभरी कहिलेकाहीँ हप्तादेखि महिना दिनसम्म पनि पावर ब्रेकडाउनको अवस्था दुवै देशमा भएकोमा त्यसमा अहिले व्यापक सुधार भएको बताए । 

उनले नेपालमा उत्पादित विद्युत् भारतले सोही ग्रिडबाट किनिरहेको जानकारी दिए । सीमा क्षेत्रको सडक पनि स्तरोन्नती हुनुका साथै रेलमार्ग पनि नेपालसँग जोडिएको तथा  चेकपोस्टको स्तरोन्नती भएको उनले बताए । 

विदेशमन्त्री शंकरले नेपालको भारतसँग कति व्यापार छ र अन्य छिमेकीसँग कति छ त्यो आफैँ तुलना गरेर हेर्न आग्रह गर्दै सम्बन्ध कस्तो छ भनेर पत्ता लगाउन पनि उनले अनुरोध गरे । ‘यसबाट तपाईंले धेरै फरक जवाफ पाउनुहुनेछ’ विदेशमन्त्रीको भनाइ थियो । द इकोनोमिक टाइम्स
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro