site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फाइल खोल : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वपकाश शर्माले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।

मंगलबार राति सामाजिक सञ्जालमार्फत शर्माले सिरोहियालाई 'कृपापूर्वक' रिहा नगर्न पनि आग्रह गरेका छन् ।

"सिरोहियालाई 'कृपापूर्वक' रिहा नगर l मज्जाले छानबिन गर, दोषी ठहरे जेल पठाऊ l सबैमाथिको सबै आरोपउपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर," उनले एक्समा लेखेका छन् ।

शर्माले 'मुद्दा चलाउनुनपर्ने' भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फाइल खोल्न पनि भनेका छन् । साथै उनले 'सहकारी ठगी समाचार शृङ्खला' उपर पूर्वाग्रह नभएको पुष्टि गर्न पनि चुनौती दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro