site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि टासी छिरिङलाई 

काठमाडौं । गोकर्ण गल्फ क्लबमा शनिबार भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि टासी छिरिङले जितेका छन् । काउन्ट ब्याकमा सोनम नोर्बु लामासँग बराबरी गरेपछि टासीले २६ स्टेबलफोर्ड अंक जोड्दै ट्रफी जितेका हुन् । वर्षाका कारण प्रतियोगिता १८ होल राउन्डबाट ११ होलमा घटाइएको थियो ।

टासीले अन्तिम ६ होलमा १४ अंक बनाएका थिए, जसमा सोनमलाई काउन्ट ब्याकमा हराउनमा १२ अंक थियो । टासी प्लस दुई ह्यान्डिक्याप गल्फरले बोगी फ्री ११ होल राउन्डमा ६–बर्डी कार्डिङ गरेपछि सबैभन्दा धेरै बर्डी पुरस्कार पनि जिते । सोनम प्रतियोगितामा उपविजेता भए । एक खेलाडी–एक प्रमुख पुरस्कार नियमका कारण वाङ्चेन धोन्डुपले २४ ग्रस अंकका साथ उत्कृष्ट ग्रस अवार्ड पाए ।

Dabur Nepal
NIC Asia

सिनियर गल्फर्समा पूर्वप्रधानसेनापति गौरव एसजेबी राणा २५ अंकका साथ विजयी भए । आइस्टिना टण्डन २१ अंकका साथ महिला उपविजेता र रेखा घिमिरे १६ अंकका साथ उपविजेता भइन् । जुनियर गल्फरमा जयवीर आचार्य २५ अंकसहित विजयी भए ।

चेवाङ शेर्पाले सबैभन्दा नजिकको पिन अवार्ड जितेका थिए भने टासी छिरिङले सबैभन्दा लामो ड्राइभको अवार्ड जितेका थिए । वरुण बेभरेज प्रालिले प्रायोजन गरेको प्रतियोगितामा १०० जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगिताका विजेताहरूलाई वरुण बेभरेज (नेपाल) प्रालिका मार्केटिङ डेभलपमेन्ट म्यानेजर दुष्यन्त रुपारेलिया, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro