site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको सरकारी निवासमा माओवादी पदाधिकारी बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को यही साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने राजनीतिक र सांगठनिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु गरिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकमा सो बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि छलफल थालिएको हो ।

संगठन विभाग र उपाध्यक्षहरूले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु गरिएको पार्टीका सचिव चक्रपाणि खनालले जानकारी दिए । त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आइतबार (भोलि) पनि पदाधिकारी बैठक बोलाइएको उनले बताए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार पार्टीको केन्द्रीय कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक बोलाएर त्यसका एजेन्डाहरू टुंगो लगाउने विषयमा नेताहरूबीच सहमति भएको छ ।

“केन्द्रीय समितिको बैठकलाई मध्यनजर राख्दै यो बैठक आजको प्रतिवेदनको तयारी, संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र त्यसपछि केन्द्रीय समितिको बैठकलाई कसरी लैजाने र पदाधिकारीहरूको सुझाव के छ ? त्यसबारे मुख्य छलफल भयो । त्यसपछि स्थायी समिति बैठक केन्द्रीय समिति बैठकअघि नै बोलाउने र त्यो बैठकबाट फेरि केन्द्रीय समितिलाई अलि व्यवस्थित र पूर्ण रूपमा कसरी लैजाने भन्ने बारेमा छलफल भयो । र, यसलाई मूर्तरूप दिनेबारे भोलि पनि बैठक बस्ने भनेर आजको बैठक टुंगियो,” उनले भने, “कमरेड अध्यक्ष इटाली जानुअघि पनि पदाधिकारी बैठक बसेको थियो । त्यो बैठकमा राजनीतिक प्रतिवेदनको बारेमा छलफल गरेर मोटामोटी आकार तयार गर्ने र त्यसपछि आजको बैठकमा प्रस्तुत गर्ने भनिएको थियो । त्यो मोटामोटी प्रस्तुत गर्नुभएको छ । अब त्यसलाई संश्लेषित गरेर अध्यक्षले प्रतिवेदन बनाउनुहुन्छ । संगठन विभाग र उपाध्यक्षहरूलाई सो जिम्मेवारी दिइएको थियो । आज लिखित, मौखिक दुवै रूपमा प्रस्तुत पनि गर्नुभयो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro