site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको कटाक्ष : प्रचण्ड कांग्रेसको कान समातेर हिँडेका छन्, कांग्रेस लुरुलुरु 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको काधँमा बसेको टिप्पणी गरेका छन् । 

शुक्रबार भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा उनले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भन्ने नसोचेको बताए । उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै कटाक्ष गरे । 

“कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति । माओवादीको ढाकर बोक्या हेर त,” उनले हाउभाउका साथ भने, “अहिले कांग्रेसको दुईपट्टी टिलिक्क परेका जुत्ता लगाएका खुट्टा यतापट्टी झारेर प्रचण्ड कानमा समातेर हटहट गरेर हिड्याछन् । कांग्रेस लुरुलुरु । कांग्रेसको भाग्यमा थियो । अब कठैबरा भन्न सकिन्छ ।” उनले कांग्रेसले भ्रष्टाचारकै विरुद्ध बोल्नै नसक्ने आरोप लगाए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro