
काठमाडौं । मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक प्रशिक्षणमा तीनजना खेलाडी थपेका छन् । फिफा विश्वकपको प्रारम्भिक चरणको छनोटका लागि यसअघि डाकिएका ३० खेलाडीमा एनेसले शुक्रबार थप तीनजना थपेका हुन् ।
एनेसले फ्रेन्ड्स क्लबका कुशल फुयाल र सन्तोष खत्रीसँगै जावलाखेल युथ क्लबका हिसुब थपलियालाई बोलाएका छन् ।
विश्वकपको प्रारम्भिक छनोटमा नेपालले लाओससँग खेल्ने छ । होम एन्ड अवे पद्धतिमा हुने छनोटको पहिलो लेग नेपालले अक्टोबर १२ मा नेपालमै खेल्ने छ । त्यसपछि नेपालले अक्टोबर १७ मा लाओसमा दोस्रो लेग खेल्ने छ । छनोटका लागि नेपालले अगस्ट १ देखि प्रशिक्षण सुरु गर्ने छ ।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, अनिस देउला, दीप कार्की, अभिषेक बराल ।
रक्षक : विमल पान्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई ।
मिडफिल्डर : एरिक बिस्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सभ राई, विशाल तामाङ, विवेक पौडेल, कृतिस रत्न छुन्जु, सन्तोष खत्री, कुशल फुयाल ।
फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन बिस्ट, मनिश डाँगी, आशिष चौधरी, विमलघर्ती मगर, जिलेस्पी जंग कार्की, दीनेश हेन्जन, हिसुब थपलिया ।