site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित 
फाइल तस्बिर ।

काठमाडौं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको दोस्रो बैठकबाट उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी समस्या समाधानका लागि यो विधेयक अघि बढाएको थियो । अब यो विधेयक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् । राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्नेछ ।

“राष्ट्रियसभाले प्रतिस्थापन विधेयकको रूपमा पारित गरेर पठाएको थियो । तर, प्रतिनिधिसभाले त्यसलाई विधेयकका रूपमा पारित गरेर पठायो । उद्देश्य र प्रयोजन नै फरक परेपछि राष्ट्रियसभाले अघि बढाउन मिल्ने अवस्था थिएन,” राष्ट्रियसभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक रहेकी अनिता देवकोटाले बाह्रखरीसित भनिन्, “नागरिकसँग जोडिएको विधेयक भएको र मन्त्रीले नै भविष्यमा यस्तो नजिर नदोहोरिने कमिटमेन्ट (प्रतिबद्धता) गरेपछि पारित गरिएको हो ।”

योसँगै राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते बिहीबार दिउसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro