
काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काएकी छन् । उज्वेकिस्तानको तास्केनमा जारी खेलमा सावित्राले २४औँ मिनेटमा गोल फर्काएकी हुन् । सावित्राको गोलका बाबजुद नेपाल खेलमा २–१ ले पछाडि छ ।
नेपालविरुद्ध घरेलु टिमकी डियोराखोन खबिबुल्लाइभाले दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएकी थिइन् । लुडमिला काराचिकले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाइएकी थिइन् ।
आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।
उज्वेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।
दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हरायो । आफ्नो दोस्रो खेलमा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको थियो ।
समूह ‘एफ’मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेका छन् । गोल आधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।