site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
थपलियालाई यादवको चेतावनी : माफी नमागे महाअभियोग लाग्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेका उमेदवारलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका हुन् । उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनप्रतिनिधिहरूको चरित्र हत्या गरेको समेत आरोप लगाए ।

Prabhu Bank
Agni Group
NIC Asia

“जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने गरी प्लानमा, डिजाइनमा प्रमुख निर्वाचन आयुक्तले विज्ञप्ति जारी गर्नुभयो । जबकी हामीले समयमै खर्चको विवरण बुझाएका छौं । जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ । आफ्नो सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गरेका छौँ,” यादवले भने, “तर जानीजानी पनि कानुनको आफैं व्याख्या गरेर जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने काम गर्न खोज्नुभएको छ । खेद जन्य योग्य छ ।”

प्रमुख आयुक्तलाई माफी माग्न आग्रह समेत गरे । “प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु् । माफी माग्नुभएन भने मानहानिको मुद्दा वा महाभियोग लगाउनुपर्छ,” उनले चेतावनी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement