site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन काण्डलाई निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरु हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले उनीहरुलाई किन निलम्बन नगरेको भन्दै भन्सार, सुरक्षा प्रमुखलगायतले पनि पदमा बस्ने नैतिकता गुमाएको बताए ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले क्विन्टलका क्विन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानिस पर्नु यो अचम्म नभएको भन्दै पुरानै सेटिङको निरन्तरताको रुपमा जनताले बुझेको बताए ।

Dabur Nepal
NIC Asia

“जब यस्ता घटना आउँछ, अनि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारबाही हो ? कारबाही गरेको कि पुरस्कार दिएको ? तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो ?,” उनले सोधे ।

उनले यस्ता काण्डमा सामान्य मान्छे पर्दा अन्यलाई सूचना लुकाउने, मिडिया न्यारेटिभ परिवर्तन गराउन समय मिल्ने बताए । उनले यो काण्डलाई निष्कर्षमा नपुर्याए सरकारको दिनगन्ती सुरु हुने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro