site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
परेडमा सहभागी हुन रुसी रक्षामन्त्री र चिनियाँ प्रतिनिधिमण्डल उत्तर कोरियामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुसी रक्षामन्त्री सर्गेई शोइगुको नेतृत्वमा रुसी प्रतिनिधिमण्डल बुधबार उत्तर कोरिया पुगेको छ । रुसी प्रतिनिधिमण्डलले प्योङयाङ हुने कोरियाली युद्ध अन्त्य भएको ७०औँ वार्षिकोत्सको समारोहमा भाग लिने छ ।

रुसीबाहेक चिनियाँ प्रतिनिधिमण्डल पनि उत्तर कोरियाले विजय दिवसका रूपमा मनाउने ठुलो सैन्य परेडसहितको समरोहमा सहभागी हुँदै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय नीति निर्माण समितिका सदस्य ली होङजोङले गरेका छन् ।

उत्तर कोरियाले जुलाई २७ मा जिवयी दिवसका रूपमा परेड आयोजना गर्ने गर्छ । कोरोना भाइरसको महामारीका कारण उत्तर कोरियाले पूर्णरूपमा आफ्नो सीमा बन्द गरे यता पहिलोपटक रुसी र चिनियाँ प्रतिनिधिमण्डलको भ्रमण भएको हो ।

Global Ime bank

यसले प्योङयाङले सीमा खुकुलो पारेको संकेत गरे पनि स्पष्ट भने छैन । उत्तर कोरियाले सन् २०२० को सुरुदेखि नै आफ्ना मुख्य व्यापारिक साझेदार चीन र रुससहितका देशहरूसँग साझेदारी रोकेको थियो ।

खाद्यान्न र औषधि जस्ता अत्यावश्यक वस्तुको आयात समेत बन्द गर्दा उत्तर कोरियामा खाद्यान्न संकेत चुलिएको थियो ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय