site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
युट्युबमा ‘सर्ट’ भिडियो हेर्ने दुई अर्ब प्रयोगकर्ता, टिकटक र इस्टाग्रामको रिललाई चुनौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । गुगलले बुधबार मासिक लगइन भएका दुई अर्ब प्रयोगकर्ताले ‘युट्युब सर्ट’ भिडियो हेरिरहेको बताएको छ । छोटो भिडियो सेयर गर्न मिल्ने प्लेटफर्म टिकटक र इन्स्टाग्रामको रिलको तुलनामा यो युट्युब सर्टले पनि विशेष स्थान पाएको संकेत हो ।

गुगलले सार्वजनिक गरेको यो संख्या गत वर्ष घोषणा गरेको १.५ अर्ब प्रयोगकर्ताभन्दा बढी हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२३ को दोस्रो त्रैमासिक रिपोर्टमा युट्युब एडबाट कम्पनीले ७.६७ अर्ब अमेरिकी डलर आम्दानी गरेको समेत जनाएको छ । कम्पनीले अब ३० सेकेण्डको स्किप गर्न नमिल्ने एड पनि ल्याउने भएको छ ।

कम्पनीले विज्ञापनबाहेक, अब वार्नर ब्रदर्स, म्याक्स एनएफएल लगायतसँग पनि सम्झौता गरिरहेको छ ।

Global Ime bank

कम्पनीले गत वर्ष युट्युब प्रिमियम र म्युजिकमा आठ करोड प्रयोगकर्ता पुगेको बताएको थियो । यस वर्षको अपडेट भने कम्पनीले सार्वजनिक गरेको छैन । गुगलले यो त्रैमासिकमा ७४.६ अर्ब आम्दानी गरेको छ जुन गत वर्षको ६९.७ भन्दा बढी हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement