site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महामन्त्रीले प्रस्तुत गरेका कार्यक्रमको सही कार्यान्वयन गरौँ : नेता बडू
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले केन्द्रीय समितिका एजेन्डा सही र व्यवस्थित रहेको बताए । महामन्त्रीले प्रस्तुत गरेका कार्यतालिका र कार्यक्रम संस्थाको कार्यक्रम मानेर कार्यान्वयनका लागि एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

उनले महामन्त्री थापाले प्रस्तुत गरेका कार्यक्रम कार्यान्वयन भए पार्टी राम्रोसँघ अघि बढ्ने पनि बताए ।

“केन्द्रीय समितिका एजेन्डा सही छन्, व्यवस्थित रूपमा आएको छ । सबै एजेन्डामा सबैले आफ्ना विचार राख्न सक्ने समय भएन, त्यो भएको भए सबै एजेन्डामा सबैको विचार आउँथ्यो । समय सीमित भयो । लाइभ गर्ने कुरा नयाँ भयो । लाइभ गर्ने कुरा गलत भयो भन्न मिल्दैन । कुनै केन्द्रीय सदस्यले एजेन्डामा आफ्ना विचार व्यवस्थित ढंगले राख्ने वातावरण बन्यो,” उनले भने, “केन्द्रीय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत, यो सबैको एजेन्डा र कार्यक्रम हो । संस्थागत कार्यक्रम हो । यसको कार्यान्वयनको लागि पार्टीको संस्थागत र एकताबद्ध ढंगले जुट्नुपर्छ, यो अहिलेको आवश्यकता हो । यसले पार्टीमा नयाँ जीवन दिन्छ । यो अब महमन्त्रीको कार्ययोजना नभई संस्थाको रूपमा लिनुपर्छ । यसरी गए पार्टी निश्चित रूपमा अघि बढ्छ । पार्टीभित्र हाम्रो एकता छ, एकताबद्ध ढंगले जान्छौँ ।”

नेता बडूले केन्द्रीय समितिको बैठकमा सबै एजेन्डामा धारणा राख्नलाई समय पर्याप्त हुन नसकेको गुनासो गरे ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro