site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यकासहित यी जिल्लामा आज बाढीको जोखिम
अविरल वर्षाका कारण मंगलबार बुटवल उपमहानगरपालिका–११, बुद्धनगरस्थित तिनाउ नदीमा आएको बाढी । तस्बिर : सुमित्रा अधिकारी/रासस ।

काठमाडौं । तिनाउ नदीमा आज पानीको बहाव उल्लेख्य बढेको छ । त्यस क्षेत्रमा विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज बिहान सवा ७ बजे तिनाउ नदी बाढी मापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको महाशाखाले जनाएको छ ।

Argakhachi Cement Island Ad

यस्तै, आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, मकवानपुर, बारा, पर्सा, चितवन, तनहुँ, स्याङ्जा, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा बाढीको जोखिम रहने महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

adf1690259209.jpg

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्