site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नाङ्गो गाउँ’मा शिक्षक दयाहाङ राजनीतिमा प्रवेश गरेपछि नाङ्गो बन्छ गाउँ ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको ‘नाङ्गो गाउँ’को २ मिनेट ४५ सेकेन्ड लामो टिजरले गाउँलाई राजनीतिले कसरी नाङ्गो बनाइरहेको छ भन्ने देखाउन खोजेको छ । 

सिनेमामा अभिनेता शिशिर वाङ्देल नेता र दयाहाङ राई गाउँको एक सरकारी शिक्षक हुन्छन् । चलचित्रले एउटा साधारण शिक्षक कसरी राजनीतिमा प्रवेश गर्छ र उसको अवस्था कस्तो हुन्छ भन्ने देखाउने प्रयास गरेको छ । 

निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी र कर्माको भूमिकाले दयाहाङ र शिशिरको टकरावलाई उत्कर्षमा पुर्याउन र सस्पेन्स थप्न सहयोग गरेको टिजरमा देखिन्छ । 

निर्देशक लामाको लेखनसमेत रहेको सिनेमा कमेडी बेसमा पारिवारिक राजनीतिक विषयवस्तुमा आधारित रहेको टिजरले संकेत गरेको छ । 

चलचित्रमा दयाहाङ, मिरुना र शिशिरसँगै कमलमणि नेपाल, रवीन्द्र झा, बुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्कालगायत कलाकारको अभिनय छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro