site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिद्धार्थ बैंक दोस्रो पटक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ अवार्डबाट सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०२१/०२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘गोल्ड अवार्ड’ सिद्धार्थ बैंकलाई प्रदान गरेको हो । सिद्धार्थ गत वर्ष पनि ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त अवार्ड शुक्रबार, काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेंललाई हस्तान्तरण गरेका थिए । यस अवार्डले बैंकलाई आगामी दिनमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बताइएको छ ।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले ‘साउथ एशिया फेडेरेसन अफ अकाउन्टेन्स (साफा) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

Global Ime bank

सिद्धार्थ बैंकले देशभर पाँच एक्स्टेन्सन् काउन्टरसहित १९६ शाखा कार्यालय, १२३ शाखारहित बैंकिङ सेवा र २२० एटीएममार्फत सेवा दिँदै आएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement