site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिका पठाइदिने भन्दै दुई करोड २६ लाख असुली, अरू देशमा पुर्‍याएर मागियो फिरौती

काठमाडौं । नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै रकम ठगी र आपराधिक कार्य गरेको आरोपमा एकजना पक्राउ परेका छन् । अमेरिका पठाइदिने प्रलोभन देखाएर आपराधिक कार्यमा संलग्न रहेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२७ का ३४ वर्षीय कमल तामाङ छन् । उनी काठमाडौं महानगरपालिका–८, गुह्वेश्वरीस्थित पञ्चकन्या मार्गमा डेरा गरी बस्दै आएका थिए । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई आइतबार (हिजो) काठमाडौं–८ बाटै पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं एसपी नरहरि रेग्मीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

अवैधानिक बाटो हुँदै अमेरिका लैजाने भन्दै धेरै नेपालीलाई अन्यत्र देशमा लगी अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिनेजस्ता आपराधिक कार्यमा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

अमेरिका लैजाने भन्दै मानव बेचबिखन तथा ओसारपसार अपराध गरेको कसुरमा तामाङलगायत व्यक्तिहरूविरुद्ध चारवटा जाहेरी दरखास्त परेको एसपी रेग्मीले बताए ।

उनका अनुसार हवाईमार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति ११ लाख ३० हजारदेखि ६० लाख रुपैयाँसम्म असुल गरिएको थियो । यसरी आरोपितले विभिन्न व्यक्तिबाट दुई करोड २६ लाख २३ हजार ८९० रुपैयाँ लिएको देखिएको प्रहरीले जनाएको छ ।

नेपालबाट अमेरिका लैजाने भन्दै भारतको नयाँ दिल्ली, श्रीलंका, यूएई सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओसलगायत देशहरूमा पुर्‍याई मानिसलाई अलपत्र पारिएको थियो । त्यसपछि थप रकम माग गर्ने गरेको समेत प्रहरी अनुसन्धानका क्रममा खुलेको एसपी रेग्मीले जानकारी दिए ।

यस्तो कार्यमा अधिकांश नेपाली नै संलग्न थिए । उनीहरू नेपाल र अरू देशहरूमा रहेर संगठित रूपमा परिचालित हुने गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

अमेरिका जाने भनी मानव ओसारपसारमा परेका पीडितले नै राहदानी, भिसा, हवाई टिकट, होटेल बुकिङलगायत खर्च व्यहोरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अमेरिका लैजाने भन्दै गरिएको मानव ओसारपसारमा भिजिट भिसाको दुरुपयोग हुने गरेको खुलेको छ ।

यस्तो कार्यमा संलग्न अरू व्यक्तिहरूको खोजतलास र थप अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro