site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालबालिकालाई पोषणयुक्त खाद्यान्नमा लगानी बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बालबालिकाका लागि पोषणयुक्त खाद्यान्नमा लगानी बढाउने प्रतिबद्धता जनाएका छन् ।

इटालीको रोममा सोमबार आयोजित राष्ट्रसंघको स्कुल खानासम्बन्धी सत्रलाई सम्बोधन गर्दै उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीको लागि पोषणयुक्त खाद्यान्नमा लगानी बढाउने, विद्यार्थीको भर्ना र उपस्थिति वृद्धि गर्ने र बालबालिकाको सिकाई नतिजामा सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

रोममा आयोजना हुने राष्ट्रसंघको कृषिसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ गएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro