site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्रिस्टियाना गिरेलीको निर्णायकमा इटालीले अर्जेन्टिनालाई हरायो

काठमाडौं । क्रिस्टियाना गिरेलीको निर्णायक गोलप्रेरित इटालीले फिफा महिला विश्वकपमा अर्जेन्टिनाविरुद्ध १–० को कठिन जित निकालेको छ ।

न्युजिल्यान्डको इडेन पार्कमा सोमबार सम्पन्न खेलको ८७औँ मिनेटमा गिरेलीले गोल गरेकी थिइन् । यही गोल निर्णायक बन्दा इटालीले प्रतियोगितामा सुखद सुरुआत गरेको हो । 

जितसँगै समूह ‘जी’को इटालिले तीन अंक जोड्दा अर्जेन्टिनाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

जितसँगै तीन अंक जोडेको इटाली समूह 'जीको दोस्रो स्थानमा उक्लिएको छ । 

समान अंक भए पनि स्विडेन तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिनाका भने तालिकाकी पुछारमा छ । यस समूहमा स्विडेन, इटाली, अर्जेन्टिना र दक्षिण अफ्रिका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्