site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वर्षायाममा बर्सेनि डेंगु फैलिन्छ । केहीको ज्यान जान्छ भने अरू हजारौं जना सिकिस्त बिरामी हुन्छन् । गाउँबस्ती वरपर सफासुग्घर गरे जोगिन सकिने भए पनि  सरकार र जनता कसैले ध्यान दिँदैनन् । यसैले डेंगु बाक्लो बस्ती भएका क्षेत्रको नियति बन्न पुगेको छ । 

यतिखेर अपेक्षाकृत आधुनिक मानिने पूर्वी नेपालको प्रख्यात सहर धरान डेंगुको केन्द्र बनेको छ । स्वास्थ्य सुविधाका कारणले मात्र धरान डेंगुको पर्याय बन्न पुगेको भने होइन । त्यहाँ डेंगुबाट सङ्क्रमित बिरामीको सङ्ख्या पनि निकै उच्च छ । अस्पतालमै डेंगु सङ्क्रिमतको सङ्ख्या ३ हजार नाघिसक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले उपचारको लागि अलग्गै अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । यसले उपचारका लागि सरकार गम्भीर रहेको देखिन्छ । तर, संविधानतः सङ्क्रामक रोगको नियन्त्रण सबै तहको दायित्व भए पनि रोकथामका निम्ति तीनै तहका सरकारले अग्रसरता देखाएका छैनन् । यो दुःखद विडम्बना हो ।  

सङ्क्रामक महामारी फैलेका बेला राज्यले सकेसम्म निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ । विद्यमान उपचार सुविधाले धान्न नसके थप बन्दोबस्त पनि मिलाउनुपर्छ । धरानमा डेंगुको उपचारको व्यवस्था मिलाउन गरिएको बन्दोबस्त पर्याप्त नभए पनि सराहनीय छ । अस्पताल व्यवस्थापन र विशेषगरी उपचारमा खटिएका स्वास्थ्यकर्मी धन्यवादका पात्र भएका छन् ।

Global Ime bank

यस्तै धन्यवाद धरान उपमहानगरपालिकालगायतका स्थानीय तहहरू र गाउँसम्म कार्यकर्ताको सञ्जाल भएका राजनीतिक दलहरूलाई पनि दिन पाएको भएहुन्थ्यो । सङ्क्रमण रोकथामका लागि उनीहरूले जनचेतना जगाउने र सरसफाइ गर्ने व्यापक अभियान बेलैमा चलाएका भए सम्भवतः सङ्क्रमण यति भयावह हुने नै थिएन ।

भनिन्छ, राम्रो काम जहिले थाले पनि ढिलो हुँदैन । धरान उपमहानगरपालिकालगायत घना बस्ती भएका स्थानीय तह विशेषगरी लामखुट्टे लाग्ने तराई क्षेत्रका स्थानीय तहहरूले तत्काल डेंगु फैलाउने लामखुट्टे नष्ट गर्न सफाइ अभियान युद्धस्तरमा सुरु गर्नुपर्ने देखिन्छ ।

अहिलेको सङ्क्रमणले भयावह महामारीको रूप नलिँदै सावधान हुने बुद्धि स्थानीयलगायत सबै तहका सरकार चलाउनेलाई आओस् । सङ्क्रमण नरोकिए उपचारको व्यवस्था जति मिलाए पनि पर्याप्त हुँदैन । चेतना भया ।     
  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement