site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आवासीय कर्जाको सीमा बढ्यो, पहिलो घरको सीमा दुई करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमा बढाएको छ ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीति सार्वजनिक गर्दै पहिलो आवासीय घर कर्जाको सीमालाई ५० लाख बढाएको हो ।

पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाख रहेकोमा त्यसलाई बढाएर दुई करोड पुर्‍याउने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्