राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ ।
गठबन्धन दलले असंवैधानिक तवरले प्रदेश सरकार गठन गरेको भन्दै नेकपा (एमाले)ले सर्वोच्चमा रिट हालेका थिए ।
एमाले कोसी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।
सर्वोच्चमा आज दुवै पक्षका वकिलले आ–आफ्नो तर्फबाट बहस गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० ११:२९
प्रतिक्रिया दिनुहोस्