site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निफ्राको नाफा ४२.७१ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)को नाफा ४२.७१ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म एक अर्ब ४५ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासम्म बैंकले एक अर्ब दुई करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अर्थतन्त्रमा आएको मन्दी र तरलतामा अनिश्चितताका करण पनि बैंकले नाफा बढाउन सफल भएको छ । मन्दी र तरलतामा आएको अनिश्चितताका कारण लगानी स्वीकृत भएका पूर्वाधार परियोजनामा बैंकको कर्जा प्रवाह र लगानीमा संकुचन आएको जानकारी दिइएको छ ।

बैंकले ब्याज आम्दानीबाट मनग्य आम्दानी गरेको छ । वित्तीय विवरणअनुसार बैंकको ब्याज आम्दानी पनि ४४.७५ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको असार मसान्तसम्म बैंकले ब्याज आम्दानीबापत दुई अर्ब ७२ करोड ५३ लाख रुपैयाँ प्राप्त गरेको छ । तर, अघिल्लो वर्ष कम्पनीले सोही अवधिमा ब्याज आम्दानीबापत एक अर्ब आठ करोड दुई लाख रुपैयाँ मात्र आर्जन गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा पनि ४२.६८ प्रतिशत वृद्धि भएको छ । यो असार मसान्तसम्म बैंकले दुई अर्ब आठ करोड ८२ लाख रुपैयाँ सञ्चालन मुनाफामार्फत आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो बैंकले सञ्चालन मुनाफाबाट एक अर्ब ४६ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने सप्लससहितको जगेडा कोषमा दुई अर्ब २८ करोड ३२ लाख रुपैयाँ छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो बैंकको उक्त शीर्षकमा एक अर्ब ७३ करोड ३४ लाख रुपैयाँ थियो । एक वर्षमा यो कोषको रकम ३१.७२ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणले देखाएको छ ।

असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ । प्रतिसेयर कुल सम्पतिको मूल्य भने १२९ रुपैयाँ ५९ पैसा रहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro