site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विमानस्थलबाट बरामद सुन ढुकुटीमा राखियो : अब के गरिन्छ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुन काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ । बिहीबार मुचुल्का उठाएर सुन ढुकुटीमा राखिएको हो ।

राजस्व अनुसन्धान विभागको टोलीले टक्सार महाशाखालाई सुन जिम्मा लगाएर फर्किएको हो । त्यसपछि सुनलाई ढुकुटीमा राखिएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

‘ढुकुटीमा सुन राख्यौँ’ भनेर टोली फर्किएको उनले बताए । उनका अनुसार राजस्वको टोलीले थप केही नभनेसम्म सुन ढुकुटीमै रहनेछ ।

“त्यसलाई गाल्नुपर्‍यो, परीक्षण गर्नुपर्‍यो भनेर राजस्व अनुसन्धानबाट पत्र लिएर आए प्रक्रिया अघि बढ्छ,” निर्देशक आचार्यले बाह्रखरीसित भने, “नभए त्यो ढुकुटीमै रहन्छ ।”

आफूहरूले अहिले त्यसलाई केही नगर्ने उनले जानकारी दिए ।

रेडी ट्रेडलिंक बूढानीलकण्ठका नाममा हङकङबाट सो सुन ल्याइएको थियो । विभागकै टोलीले सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको विभागले जनाएको छ । अनुमानित १०० किलो सुन बरामद गरिएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro