site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मारियो
Tiktok banner adTiktok banner ad

नयाँ दिल्ली । भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छ । गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ ।

राज्यको अम्रेली जिल्लास्थित पिपाभाव बन्दरगाहनजिक शुक्रबार झिसमिसेमा मालवाहक रेलले ती सिंहलाई ठक्कर दिएको रेल विभागका एक कर्मचारीले सिन्ह्वालाई टेलिफोनमा बताए ।

रेलमार्गबाट हिँडिरहेका सिंहको बथानमा एउटा मारिएको र एउटा घाइते भएको उनले बताए । मरेको र घाइते दुवै भाले हुन् । दुई पोथी भने सुरक्षित रूपमा रेलमार्गबाट निस्केका थिए ।

सिंहको बथान देख्नेबित्तिकै रेलका चालकले ब्रेक लगाएका थिए । निरन्तरको वर्षा र टाढैबाट वन्यजन्तुको आवागमन स्पष्ट देख्न सक्दा उक्त दुर्घना भएको हो । घाइते सिंहको स्थानीय चिडियाखानामा उपचार भइरहेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro