site stats
बाह्रखरी :: Baahrakhari
देश
सिंहदरबारमा अब चौबिसै घण्टा विद्युत्, खानेपानी र इन्टरनेट सुविधा 

काठमाडौं । सरकारले सिंहदरबार हाताभित्र अब चौबिसै घण्टा विद्युत्, खानेपानी र इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ। 

यसैसाता बसेको सचिवस्तरीय बैठकले सिंहदरबार हाताभित्र उक्त सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । 

Argakhachi Cement Island Ad

"सिंहदरबार हाताभित्र रहेका सबै सरकारी कार्यालयमा विद्युत्, खानेपानी र इन्टरनेटको चौबिसै घण्टा निर्बाध आपूर्तिको व्यवस्था मिलाउने," सचिवस्तरीय बैठकले गरेको निर्णयमा भनिएको छ। 

यसको सुनिश्चितता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका प्रशासन हेर्ने सचिवको संयोजकत्वमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानोपानी मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव प्रतिनिधिहरू सदस्य रहेको एक स्थायी अनुगमन तथा समन्वय समिति गठन गर्ने निर्णय पनि सचिव बैठकले गरेको छ। 

समितिले नियमित तवरमा सिंहदरबार हाताभित्र विद्युत्, खानेपानी र इन्टरनेट लगायतका सुविधा आपूर्तिको अनुगमन गरी सेवा सुचारु अवस्थामा राख्न अन्तर निकाय समन्वय गर्ने जनाइएको छ।

सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र सेवा आपूर्तिमा देखिएका समस्या तत्काल पहिचान गरी समाधान गर्ने व्यवस्था मिलाउने जिम्मेवारी समेत दिइएको छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्